Google search engine

मेयर बालेनले भेटे प्रधानमन्त्री देउवालाई

१८ जेठ २०७९

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले काठमाडौं महानगरपालिकाले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए । जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय