Google search engine

बजेटलाई पत्याएनन् लगानीकर्ताले, नेप्से ३५.५३ अंकले घट्यो

१७ जेठ २०७९
काठमाडौं ।

बजेट सार्वजनिक भएपछि बढ्ने अनुमान गरिएको शेयर बजार झन् ओरालो लागेको छ । आइतबार बजेट आएपछि सोमबार र मंगलबार खुलेको बजार घटेको हो।

मंगलबार सेयर बजार सूचक नेप्से ३५ दशमलब ५३ अंकले घट्दा परिसूचक २१३७ दशमलब ९२ बिन्दुमा आएको छ । यो अहिलेसम्मकै उचाइ ३२२७ को बुलयताकै कम बिन्दु हो। गत भदौ २ गते नेप्सेले रेकर्ड ब्रेक गरेको थियो।

मंगलबार वाणिज्य बैंक उपसमूह १.९१ प्रतिशतले घटेको छ। वाणिज्य बैंक उपसमूह अन्तर्गतका कम्पनीले सेयर बजारको ठुलो हिस्सा ओगटेका छन्। यी उपसमूह घट्दा परिसूचक स्वत बजार घटेको हो।

स्रोत बिनाको बजेटलाई लगानीकर्ताले पत्याएका छैनन्। यसो हुँदा मौद्रिक नीति केही कसिलो आउने विश्लेषण हुन थालेको छ। त्यही भएर बजार ओरालो लाग्न थालेको हो।

मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। एक वर्षदेखि मर्जरका लागि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार नेप्सेले खुलाएको दास्रो दिन पनि नकारात्मक सर्किट लागेको हो।

आज यस बैंकका लगानीकर्ताले ९.९८ प्रतिशत गुमाएका छन्। यस्तै एनएलजि इन्स्यारेन्स कम्पनीका लगानीकर्ताले पनि ६ प्रतिशत भन्दा धेरै गुमाएका छन्।

यसैगरी आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमुह १ प्रतिशतभन्दा बढिले घटेका छन्। म्यूचुअल फन्ड उपसमुह भने शुन्य दशमलब ४५ प्रतिशतले बढेको हो।

आज ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर २७ हजार ५१९ पटक किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो सोमबारको कारोबार भन्दा कम हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine