Google search engine

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

११ जेठ २०७९
काठमाडौं ।

सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय आज सुनाउँदै सरकारका प्रवक्ता कार्कीले अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरशिप कार्यक्रम तथा प्रशिक्षणमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

त्यस्तै सरकारले अमेरिकाको हवाईमा रहेको मनोलोलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने कन्प्रिएन्सिभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले आउँदो जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एन्ड नलेज शेयरिङ अन युरोपियन को–अप्रेटिभ सिस्टम एन्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एन्ड भेजिटेबल को–अप्रेटिभ्स मार्केट डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले रुवान्डाको किगालीमा २०७९ जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वर्ल्ड टेली कम्युनिकेशन डेभलपमेन्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृत दिने निर्णयसमेत भएको जानकारी दिए ।

लोक सेवा आयोगको सिफारिसअनुसार नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । सरकारले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरू रविन्द्रनाथ श्रेष्ठ, सुरेश आचार्य, मणिराम गेलाल, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देलको सरुवा गरेको हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine