११ जेठ २०७९
काठमाडौं ।
अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित २० बालबालिकाको मृत्यु भएको छ । युभाल्टीको रोब इलिमेन्ट्री विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र १९ जना विद्यार्थीको मृत्यु भएको बीबीसीले जनाएको छ ।
टेक्ससका गभर्नरले दिएको जानकारी अनुसार गोली चलाउने १८ वर्षीय किशोर साल्भाडोर रोमस हुन्। उनीसँग ह्यान्ड गन र एआर १५ राइफल थियो। गोली चलाउने किशोरको पनि मृत्यु भएको छ।
मारिने बालबालिका ७ देखि १० वर्षका छन् जो दुई, तीन र चार कक्षामा पढ्थे। यस घटनाले सन् २०१२ को यस्तै पुरानो हत्याकाण्डलाई सम्झाइदिएको छ जसबेला २० स्कुले विद्यार्थी र ६ जना त्यहाँ कार्यरत कर्मचारी गोलीको सिकार भएका थिए।