११ जेठ २०७९
काठमाडौं ।
विवेकशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि मिश्रले राजीनामा दिएका हुन् ।
निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । तर, पार्टीको साधारण सदस्य भने रहिरहने उनले विज्ञप्तीमा भनेका छन् ।
विवेकशीलले काठमाडौं र भरतपुरसहित अधिकांश ठाउँमा उम्मेदवारी दिएको थियो । विवेकशीलका उम्मेदवारले अपेक्षित परिणाम भने ल्याउन सकेनन् । विवेकशील साझा पार्टीले यस पटक बाराको फेटा गाउँपालिकामा अध्यक्षसहित केही वडामा मात्र जित हात पारेको छ । फेटामा विवेकशीलका रुस्तम अन्सारी अध्यक्ष र नीलम साह उपाध्यक्षमा निर्वाचित भएका छन् ।