Google search engine

पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

९ जेठ २०७९
काठमाडौं ।

गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

आज बसेको बढुवा समितिको बैठकले रिक्त पाँच एआईजी पदमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गरेको हो ।

डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा र डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।

हालका आईजीपी धिरजप्रताप सिंहसंगै २०४९ चैत ११ मा प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरु काबिल प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

हाल डीआईजी सुवेदी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार लामाले उमेर हदका कारण शुक्रबार मध्यरातदेखि अनिवार्य अवकाश पाए सँगै नेपाल प्रहरी पाँच एआईजी दरबन्दी रिक्त भएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय