Google search engine

काभ्रेको तेमाल गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

६ जेठ २०७९
काभ्रे ।

काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद दुवैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

स्थानीय तह निर्वाचन ०७९ को मतगणनाको सम्पन्न मतपरिणामअनुसार तेमाल गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चन्द्रबहादुर तामाङ र उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का दलमान थोकर (डिएम) विजयी भएका हुन्।

जसअनुसार अध्यक्षमा विजयी तामाङले ७ हजार ७७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ८७० मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का थोकरले ६ हजार ५५१ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सम्तेन थिङले ४ हजार ९५२ मत प्राप्त गरे।

यस गाँउपालिकाको वडा १ र ४ मा एमालेले जित हासिल गरेको छ भने वडा २, ५, ६ र ९ मा माओवादी केन्द्र विजयी भयो । त्यस्तै कांग्रेसका उम्मेदवार वडा न. ३, ७ र ८ मा विजयी भएका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय