Google search engine

रोशी गाउँपालिकामा गठबन्धन तर्फबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको जित

५ जेठ २०७९
काभ्रे ।

काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू जित हासिल गरेका छन् । गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार लामाले ७ हजार ५ सय ३४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका देवसागर लामाले ६ हजार ३ सय ५८ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा माओवादीका वाइवाले ६ हजार ६ सय ७२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बबिता बोहोराले ५ हजार ९ सय ४३ मत ल्याए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine