Google search engine

नमोबुद्ध नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

५ जेठ २०७९
काभ्रे ।

नमोबुद्ध नगरपालिकाको मेयरमा कांग्रेसका कुन्साङ लामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३ सय ८९ मतको अन्तरले पराजित भए । गटवन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार लामाले ११ हजार २ सय ११ पाउँदा भुर्तेलले ५ हजार ८ सय २२ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित भएका छन् ।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६ सय ४४ मतले पछि पार्दै गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा निर्वाचित भएका हुन् । रत्न लामाले ८ हजार १ सय ८७ र एमालेकी सम्झना लामाले ६ हजार ५ सय ४३ मत प्राप्त गरिन् ।

यस नगरमा कांग्रेसले वडा नं २, ३, ५, ६ र ९ गरी ५ वडा, एमालेले वडा नं ४, ८ र ११, माओवादी केन्द्रले वडा नं ७ र १० मा जित हासिल गरेका छन् । वडा नं १ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका हुन ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine