५ जेठ २०७९
बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् ।
माओवादीका पौडेल १८ हजार ७४३ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७७९ मत प्राप्त ग।िरन् ।
यस्तै, उपमेयरमा नेकपा एमालेका भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मत प्राप्त गरिन् ।