४ जेठ २०७९
ललितपुर ।
ललितपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका उम्मेदवार लोप्चनले ४ हजार ९०९ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका नवराज सञ्जेलले ४ हजार ५३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर दर्लामी मगरले ४ हजार ६९२ मत र उनका प्रतिस्पर्धी एमालेकी नमुना दोङले ३ हजार ७०० मत प्राप्त गरे ।
बाग्मती गाँउपालिकाको ७ वटा वडामध्ये पाँच वटामा काँग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा एमालेले वडाध्यक्ष पद जितेका छन् ।