Google search engine

काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी

०४ जेठ २०७९
खानीखोला, काभ्रे ।

खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा काग्रेसका दोर्जेमान जिम्वा निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत पाँउदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाएका थिए । उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७ मत र एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरे ।

७ वडा रहेको खानीखोलामा माओवादी केन्द्रले ४ र कांग्रेसले २ र एमालेले एक वडामा जित हासिल गरेका छन् ।

खानीखोला १ नं वडामा वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका सन्तमान थिङ, २ मा कांग्रेसका दशरथ थिङ, ३ मा माओवादीका सागर लामा, ४ मा माओवादीका निशान मोक्तोन, ५ मा माओवादीका बुद्धिबहादुर स्याङतान, ६ मा कांग्रेसका बृहस्पति लामा र ७ मा एमालेका रामबहादुर मोक्तान वडा अध्यक्षमा विजय भएका छन् ।

यस अघि हिजो भुम्लु गाँउपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका थिए । अध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ (दावा)ले जित हासिल गरेका थिए ।

अब जिल्लामा ११ स्थानीय तहको नतिजा आउँन बाँकी छ । पाँचखाल नगरपलिकामा आज मात्र मतगणना सुरु भएको छ भने धुलिखेल नगरपालिकामा वडा १ देखि ८ सम्म शान्तिपूर्ण मतगणना सम्पन्न भएकामा विवाद्का कारण अन्य वडाको मतगणना हुन सकेको छैन ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय