२७ बैशाख २०७९
नमोबुद्ध, काभ्रे ।
पालिका निर्वाचनको मिति नजिकिदै गर्दा काभ्रेको नमोबुद्ध नगरपालिकामा चुनावी महोलले तातेको छ । निर्वाचन आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले निकै कसरत गरिरहेका छन् ।
यसैबीच पालिका निर्वाचनमा गठबन्धको तर्फ बाट नमोबुद्ध नगरका मेयर पदका उम्मेदवार कुन्साङ लामाले पनि आफ्नो सक्रियता बढाइरहेका छन् । कुन्साङ लामा नमोबुद्ध नगरमा परिचित नाम हो ।
नगर भित्र विकासका कुरामा होस् वा समाजिक कार्यका लागि किन नहोस् पहिला कुन्साङ लामा नै अगाडि सरेका हुन्छन् । आफ्नो नगर भित्र विकास र समाजिक कार्यका लागि सदैव अहोरत्र खटिने लामा यति बेला नमोबुद्ध नगरको मेयर पदमा उठेपछि नमोबुद्ध नगरबासी निकै उत्साहित रहेको लामाले बताए ।
नगरको विकास र जनताको सेवा गर्न लामा सदैव लागि पर्ने स्थानीयको विश्वास छ । स्थानीय भन्छन्, ‘उनी जस्तो त्यागी नेता यस नगरले पाउँदा अब नमोबुद्ध नगर भ्रष्टाचारमुक्त र सेवादायक नगरपालिका हुन्छ भन्ने आशा गरेका छौ । यही ३० गते हुने निर्वाचनमा हामी विकासप्रेमी उम्मेदवारको पक्षमा छौ ।’ जनताको अठ्यारोमा साथ दिएका कुन्साङ उनीहरुको मनमा वस्न सफल भएका छन् ।
नमोबुद्ध नगरभित्रका आम जनताको नजरमा कुन्साङ लामा विकास प्रेमी र इमान्दार नेताको रुपमा परिचित छन् ।