Google search engine

भुम्लुमा गठबन्धनको जित सुनिश्चित छः दावा लामा

२७ बैशाख २०७९
भुम्लु, काभ्रे ।

काभ्रेको भुम्लु गाँउपालिकामा गठबन्धनको जित सुनिश्चित भएको उपाध्यक्षका उम्मेदवार दावा लामाले बताएका छन् । भुम्लु गाउँपालिकाको दशै वडामा गठबन्धनको जित सुनिश्चित भएको भन्दै उनले आफू ढुक्क रहेको बताएका हुन ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भुम्लु गाँउपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट जितेन्द्रमान लामा (दावा) उम्मेदवार बनेका छन् ।

एमाले नेतृत्वबाट दिक्क भइसकेका स्थानीय आफूहरुलाई जिताउनेमा विश्वस्त रहेको उपाध्यक्षका उम्मेदवार दावा लामाले बताए ।

विकास निर्माणको काममा भष्टाचार गर्नका लागि आफ्नो इष्टमित्र र आफ्ना घरपरिवारको डोजर प्रयोग गर्ने लगायतको हर्कत जनताले थाहा पाएको लामाले बताए । त्यसै कारण पनि गठबन्धनको जित सुनिश्चित रहेको उनको भनाइ छ ।

‘यहाँका जनताले पनि बुझेको छ । हिजोको एमालेबाट विजयी भएका जनप्रतिनिधिहरूले वडा वडामा भ्रष्टाचार गरेको छ । हिजोका अध्यक्षले गरेको ठेक्कापट्टाका भष्टाचारहरू जनताले बुझेका छन् जानेका छन् ।’ लामाले भने, ‘त्यसकारण पनि हाम्रो जीत सुनिश्चित छ जनताको घर आँगनमा जाँदा हामीले त्यही पाएका छौँ ।’ प्रतिगमन विरुद्धको लडाई भएकाले पनि आफ्नो जित सुनिश्चित भएको उनले बताएका छन् । जनताले पनि प्रतिगमनकारी र प्रतिगमनको बिरुद्धमा उभिएका पार्टीलाई जनताले राम्रोसँग चिनेका छन् । प्रतिगमनकारीलाई निस्तेज पार्नको लागि जनतार आतुर भएको पाएको लामाले बताए ।

भुम्लुका स्थानीयमाँझ दावा लामा परिचित नाम हो । उनले प्राकृतिक विपद्, कोरोना कहर लगायतका समयमा भुम्लुवासीको सहयोगका लागि पहल गर्दै आइरहेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय