Google search engine

युवाहरूलाई गाँउमै रोजगारी सिर्जना गर्ने लामाको प्रतिवद्धता

२६ बैशाख २०७९
रोशी, काभ्रे ।

गठबन्धनका तर्फबाट रोशी गाउँपालिका अध्यक्षका उम्मेदवार दिनेश लामाले अब रोशीका युवाहरू देश छाडेर खाँडीमा पसिना बगाउन जानु नपर्ने बताएका छन् । स्थानीय तह निर्वाचनका लागि घरदैलो कार्यक्रमका क्रममा लामाले २१औँ सताब्दीको समाज सुहाउदो प्राविधिक शिक्षा प्रदान गरेर युवाहरूलाई गाउँघरमै रोजगारी सृजना गर्ने बताएका हुन ।

‘हामीले शिक्षाको क्षेत्रमा २१ औँ सताब्दीको शिक्षा प्रविधिमैत्री हुनुपर्छ, हामीले त्यो शिक्षा हासिल गरेपछि कम्तिमा पनि खाडी मुलुकमा गएर ५० डिग्रीको तातोमा पसिना चुहाएर दुःख गर्नु नपरोस, हाम्रे गाउँठाउँमा त्यो शिक्षा लिई सकेपछि हाम्रै गाउँठाउँमा रोजगार लिन सकोस भन्ने लक्ष छ ।’ लामाले भने, ‘त्यसको लागि हामीले शिखर आम्बोटेमा सञ्चालित एउटा कृषि विद्यालय छ, त्यसलाई कृषी क्याम्पसको रुपमा बिकास गरेर कृषी क्याम्पस सञ्चालन गर्ने अन्य क्षेत्रमा मंगलटार हुन सक्छ अथवा कालढुंगा क्षेत्रमा हुनसक्छ वा अन्य विभिन्न क्षेत्रमा प्राविधिक शिक्षा प्रदान गरेर यहाँका स्थानीयहरुलाई सीपमूलक शिक्षाको व्यवस्था गर्ने हाम्रो अर्को एउटा साझा संकल्प छ ।’

आफूहरुले गाउँपालिकालाई हामीले कसरी समृद्ध बनाउन सक्छ, २१ औँ सताब्दीको समाज कस्तो हुन्छ, २१ औँ सताब्दीको जनताले चाहेको स्थानीय सरकार कस्तो हुन्छ त्यो सरकार निर्माण गर्न चाहनेको लामाले बताए । गाउँपालिका अध्यक्षका प्रत्यासी लामाले भने, ‘हाम्रो अहिलेको मूलतः साझा एजेण्डा भनेको यहाँका विकास निर्माणका कुराहरू गर्ने हो भने चौकी डाँडा साधीखोला शिखर हुदै फलामेसाँघु जोड्ने सडक छ त्यो सडकलाई अघिल्लो स्थानीय सरकारले पनि प्रारम्भ गरिसकेको अवस्था छ त्यसलाई हामीले कालोपत्रे गर्ने हाम्रो पहिलो एजेण्डा छ । प्रत्येक वडाहरू बस्तिहरू जोड्ने सडकहरूलाई हामीले बाह्रै महिना मोटार चल्ने सडकलाई स्थरोन्नती गर्ने र सकेसम्मको सडकहरूलाइ कालोपत्रे गर्दै जाने हाम्रो एजेण्डा छ । यो पूर्वाधार विकासको कुरा हो ।’ गाउँपालिका भित्रको सबै घरहरू स्वस्थ खानेपानी उपलब्ध होस भनेर एक घर एक धाराको अवधारणा एजेण्डामा राखेर कार्यान्वयन गर्ने लामाले बताए ।

त्यसरी नै गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा पनि विकास गर्ने योजना रहेको उनले बताए । पर्यटकीय क्षेत्र पनि यहाँको जनताको आम्दानीको स्रोत हुन सक्ने उनले जोड दिए । शिखर भन्दा माथीको तीनधारे झरणा, ताराखसे लेक, भूमीचुली डाँडा र चैतेपानी लेक लगायत सम्भावित पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउने लक्ष गठबन्धनको भएको उनले बताए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय