Google search engine

निर्वाचन खर्चबारे सुक्ष्म अनुगमनकर्ताले विवरण सङ्कलन गर्दै

२३ बैशाख २०७९
काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चबारे सुक्ष्म अनुगमनकर्ताले विवरण संकलन गरिरहेको जनाएको छ ।

निर्वाचन सकिएपछि उम्मेदवारले पेश गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारले बुझाउने निर्वाचन खर्चको विवरण र सुक्ष्म अनुगमनकर्ताले पेश गरेको विवरण भिडाएर परीक्षण गरिनेछ । उम्मेदवारले निर्वाचन सकिएको ३० दिनभित्र आफ्नो खर्च विवरण आयोगमा पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीय निर्वाचनमा प्रचारप्रसारका क्रममा भएको आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्त्वपूर्ण क्रियाकलापको सम्बन्धमा सुक्ष्म रूपमा अनुगमन गरी खर्च विवरणसमेत गोप्य रूपमा पठाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई पनि निर्देशन दिइएको आयोगले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय