Google search engine

बनेपामा गठबन्धनको ५ वर्षे योजनाको खाका प्रस्तुत, अघिल्लो नेतृत्वले कर्मकाण्डी काम गरेको आरोप

२३ बैशाख २०७९

काभ्रे ।

नेपाली कांग्रेससहितका गठबन्धनमा आवद्ध दलले बनेपा नगरपालिका आफूले ५ वर्षमा गर्ने योजनाको खाका प्रस्तुत गरेको छ ।

चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै गठबन्धन दलले अघिल्लो नेतृत्वले शिक्षा, स्वास्थ्य क्षेत्रमा कर्मकाण्डी व्यवस्थापन गरेको भन्दै घना बस्तीको बिचमा फोहोरमैला व्यवस्थापन गर्न खोजेको आरोप लगाएको छ ।

गठबन्धनले बनेपामा विकार समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापनका लागि आधुनिक प्रविधिको प्रयोग गर्ने र व्यवस्थित ल्यान्ड फिल साइट सञ्चालनमा ल्याउने जनाएको छ । एम्बुलेन्स, दमकल र शववाहन सेवा निःशुल्क गर्ने घोषणा पनि गठबन्धनको छ । तत्काल १५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याउने भन्दै २०० शय्याका लागि पहल गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

बनेपा नाला भक्तपुर सडकलाई वैकल्पिक राजमार्ग बनाउने योजना अघि सारेको गठबन्धनले सडक विस्तार गर्दा अपांगमैत्री फुटपाथ, खानेपानी र ढल निकास एकैपटक व्यवस्थित गर्ने जनाएको छ । विपन्न परिवारलाई निःशुल्क धारा, विद्यालयमा मासिक रुपमा निःशुल्क परीक्षणसहित विद्यालय नर्सको व्यवस्था, विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा, सबै वडामा योग केन्द्र निर्माण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्दै प्राविधिक विषयको अध्ययनलाई क्रमशः अनिवार्य गर्दै लैजाने घोषणापत्रमा उल्लेख गरिएको छ । युवा उद्यम सिर्जना गर्नका लागि सहुलियतपूर्ण वित्तीय कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको गठबन्धनले लगानीको २५ प्रतिशत युवालाई बेहोर्न लगाएर २५ प्रतिशत अनुदान दिने र ५० प्रतिशत ऋण उपलब्ध गराउने बताएको छ ।

घरघरमै वृद्धभत्ता, फुस र खरको छाना हुने परिवारलाई निःशुल्क जस्तापाता, मानिसको चहलपहल हुने स्थानमा खानेपानी स्टेसन, सुविधासम्पन्न बसपार्क, नगर चक्रपथसहित बसको व्यवस्थालगायत योजनासहित अभियानमा होमिएको नगरप्रमुख पदका उम्मेदवार शान्तिरत्न शाक्यले बताए । नेकपा एकीकृत समाजवादीका रघुवर चौप्रधान गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine