Google search engine

काभ्रेको नमोबुद्धमा गठबन्धनको घरदैलो तिव्र, दाप्चामा कोणसभा

२३ बैशाख २०७९
काभ्रे ।

स्थानीय तहको निर्वाचन २०७९ का लागि गठबन्धन दलले नमोबुद्धमा घरदैलोलाई तिव्रता दिएका छन्।

वैशाख १८ गते नौविसे बजारबाट शुरु भएको घरदैलो अन्तर्गत गठबन्धन दलका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका कुन्साङ लामा, उपप्रमुख पदका उम्मेदवार रत्न लामा विभिन्न वडाका टोल बस्तीमा गएर जनतालाई मत मागिररहेका छन् । बिहीबारसम्म वडा नं १, ३, ४, ५, ९, १०, ११ का विभिन्न टोल, बस्तीमा घरदैलो सकेको कांग्रेस नगर सचिव महेन्द्र थिङले जानकारी दिए ।

बिहीबार नै दाप्चा, छत्रेबाँझमा कोण सभा गरिएको छ । कोण सभामा कांग्रेस केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा, प्रमुख पदका उम्मेदवार कुन्साङ लामा, उपप्रमुख पदका उम्मेदवार रत्न लामा लगायत कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका नेताहरुले संबोधन गरेका थिए । अधिकांश वक्ताले नगरपालिकामा व्याप्त भ्रष्टाचार र वेथिती अन्त्यको लागि गठबन्धनको जित आवश्यक रहेको बताएका थिए ।

वैशाख २६ गतेसम्म चल्ने घरदैलो अन्तर्गत वडा नं २, ६, ७, ८ मा क्रमशः घरदैलो गर्ने तालिका तय भएको गठबन्धनले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय