Google search engine

हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छः प्रचण्ड

२२ बैशाख २०७९

चितवन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् ।

बिहीबार चितवनको भरतपुरमा भएको पाँच दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताए ।

गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका छन् ।

कांग्रेस चितवनका नेता तथा कार्यकर्ताले रेणुलाई मत नदिने आशंका बढिरहेका बेला प्रचण्डले आफ्नी छोरीलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने बताएका हुन् ।

‘तपाईंले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हतौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने ।

रेणु दाहालको टिमलाई जिताएमा गठबन्धन १५/२० वर्षसम्म टिक्ने उनको प्रतिवद्धता छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय