Google search engine

आइजीपी नियुक्ति प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२२ बैशाख २०७९

काठमाडौं ।

सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति बिवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सरकारले वरियता मिचेर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको भन्दै असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले त्यसको सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनले वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भन्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।

न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको हो । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नवनियुक्त आइजीपी सिंहलाई काम गर्न बाटो खुलेको छ ।

गत आइतबार सरकारले आइजीपीमा धिरज प्रताप सिंहलाई नियुक्ति गरेको हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय