२१ बैशाख २०७९
काठमाडौं ।
सेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज ३१.७६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २२७५.६८ को विन्दुमा झरेको छ। बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९ अंकले घटेर ४३६।८८ को विन्दुमा विन्दुमा ओर्लेको छ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, व्यापार र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दोहोरो अङ्कले बजार घटेको दिन दुई सय ३३ वटा कम्पनीका ३६ लाख दुई हजार कित्ता शेयर एक अर्ब २६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको चार करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज ग्रीन भेन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।