Google search engine

वरियता मिचेर प्रहरी आइजीपी बनाएकोप्रति शेखर कोइरालाको असन्तुष्टि

१८ बैशाख २०७९
काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

कोइरालाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टि जनाएका हुन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई आइजीपी नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आइजीपी बनाउने निर्णय गरेको थियो । कोइरालाले वरियता मिचेर सरकारले गरेको निर्णयले सिंगो प्रहरी संगठनलाई फेरी विबादमा ल्याएको ट्वीटमा उल्लेख गरेका छन् ।

नेपाल प्रहरीको कमाण्ड समाल्न ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकबीच प्रतिस्पर्धा थियो । उनीहरु चारैजना २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए ।

तर एउटै मितिमा भर्ना भएपनि एआइजीमा भने फरक समयमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मङ्सिर २५ मा एआईजीमा बढुवा गरेको थियो । सहकुललाई ओली नेतृत्वकै सरकारले २०७८ असार २४ मा एआईजी बनाएको थियो ।

बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप र रविन्द्रलाई भने २०७८ चैत १७ मा एआइजी बनाएको थियो ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय