१८ बैशाख २०७९
काठमाडौं ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण उनीहरुले आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवा अवधि आइतबारबाट सकिएको छ ।
तीस वर्षे सेवा अवधिका कारण बिदा लिनेमा प्रहरी महानिरीक्षक क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरू हरिबहादुर पाल, प्रधुम्न कार्की, निरजबहादुर शाही र बसन्तकुमार पन्त छन् । त्यस्तै ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार र प्रकाश अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका हुन् ।
डिआईजी राजेशलाल कर्ण उमेर हदका कारण गत हप्तामात्र अवकाशमा गएका थिए । त्यस्तै, सोही ब्याचका तीनजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू प्रदिप श्रेष्ठ , वीरेन्द्र वस्याल नवराज भट्टसमेत आजैदेखि तीसवर्षे सेवा अवधि हदम्यादका कारण अनिवार्य अवकाशमा गएका छन् ।