१८ बैशाख २०७९
काठमाडौं ।
सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (एआईजी) मा राजु अर्याललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रमा अर्याल महानिरीक्षकको एक्लो दाबेदार थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले आजै अवकाश पाउँदै छन् ।