Google search engine

गौतमबुद्ध विमानस्थलमा वाइडबडी जहाजको परीक्षण उडान सम्पन्न

१५ बैशाख २०७९
काठमाडौं ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गरेको छ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज बेलुका पर्यटनमन्त्री प्रेम आलेसहित २ सय ५० जनाभन्दा धेरै व्यक्ति बोकेर काठमाण्डौबाट भैरहवा गएको हो ।

भैरहवाको आकाशमाथि पुगेको जहाज एक फन्का मारेर मात्रै अवतरण भएको थियो । तर अवतरणपछि पनि जहाज झन्डै आधा घन्टा रन वे मै अड्किएको थियो । अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको हो ।

आधा घन्टापछि ह्याङ्गरले तानेर जहाजलाई पार्किङमा लगिएको थियो । गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो ।

विमानस्थलबाट आउँदो जेठ २ गते बुद्ध जयन्तीदेखि नियमित व्यावसायिक उडान हुनेछन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय