Google search engine

स्थानीय तह निर्वाचनका लागि एक लाख ४७ हजार भन्दा धेरैको मनोनयन दर्ता

१३ बैशाख २०७९

काठमाडौं ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एक लाख ४७ हजार धेरैको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार एक लाख ४७ हजार दुई सय ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

९० प्रतिशत डेटा प्रविष्टिको काम भइसकेको र सबै जिल्लामा प्रविष्टिको काम सकेपछि एक मुष्ट रुपमा अन्तिम मनोनयन दर्ताको नतिजा प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । निर्वाचन आयोगका अनुसार आज साँझ पाँच बजेसम्म एक लाख ४७ हजार २७४ जनाले मनोनयन दर्ता गरेको विवरण आइसकेको छ ।

मेयरमा तीन हजार चार सय ३० जनाले, उपमेयरमा दुई हजार ९७‚ गाउँपालिका अध्यक्षमा तीन हजार तीन सय ६३ र उपाध्यक्षमा दुई हजार तीन सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै वडाध्यक्षमा ३४ हजार तीन सय ५७‚ महिला सदस्यमा २५ हजार तीन सय ४५‚ दलित महिला सदस्यमा २२ हजार आठ सय ९९ र वडा सदस्यमा ५३ हजार चार सय एक जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी मधेसमा ३८ हजार सात सय ८७ र सबैभन्दा कम सदूरपश्चिममा १२ हजार ६ सय ७३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै प्रदेश १ मा २२ हजार पाँच सय ४२‚ वाग्मतीमा २४ हजार ३३ , गण्डकीमा १२ हजार आठ सय ८७‚ लुम्बिनीमा २३ हजार ४९ र कर्णालीमा १३ हजार चार सय तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको तालिका थियो । मंगलबार उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine