Google search engine

काभ्रेमा २७ सय ७३ जनाको मनोनयन दर्ता

१३ बैशाख २०७९
काभ्रे ।

काभ्रेका १३ वटा स्थानीय तहबाट २७ सय ७३ जनाले मनोनयन दर्ता गरेका छन् । स्थानीय तह निर्वाचनका लागि उक्त संख्यामा मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्याल काभ्रेले जनाएको हो ।

निर्वाचन कार्यालयका अनुसार अध्यक्ष प्रमुख, उपाध्यक्ष उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी बनेपा नगरपालिकाका ३१६, धुलिखेल नगरपालिकाका २३७, पनौती नगरपालिकाका २६८, पाँचखाल नगरपालिकाका २४१, नमोबुद्ध नगरपालिकाका २२८ र मण्डनदेउपुर नगरपालिकाका २७६ जनाको उम्मेदवारी दर्ता भएको हो ।

त्यस्तै रोशी गाउँपालिका २३५, भुम्लु गाउँपालिका १९३, चौरीदेराली गाउँपालिका १९३, महाभारत गाउँपालिका १२६, खानीखोला गाउँपालिका १११, तेमाल गाउँपालिका २०४ र बेथानचोक गाउँपालिकामा १४५ जना गरि कुल २७ सय ७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

आइतबार र सोमबार काभ्रेका १३ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता भएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय