Google search engine

तोकिएको समयमा सकिएन उम्मेदवारी मनोनयन दर्ता

१२ बैशाख २०७९

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता गर्न तोकेको समयमा सकिएन ।

आयोगले बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन समय दिए पनि अधिकांश स्थानमा मनोनयन भइरहेको छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएको थियो ।

निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोनयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो ।

देशभरका ७५३ स्थानीय तहमा आगामी वैशाख ३० गते एकैपटक निर्वाचन हुँदैछ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय