Google search engine

भरतपुरको मेयरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी दर्ता, असन्तुष्ट कांग्रेस नेता पौडेल भने स्वतन्त्र उम्मेदवार

१२ बैशाख २०७९
चितवन ।

सत्ता गठबन्धनको तर्फबाट चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

आज नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दाहालले उम्मेदवारी दर्ता गराएकी हुन् । मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागबन्डाका क्रममा भरतपुरको मेयर माओवादीले लिने सहमति गरेका थिए ।

उता, भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने गठबन्धनको निर्णयमा असन्तुष्ट बनेका कांग्रेसका जगन्नाथ पौडेलले पनि आजै मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका कार्यकर्तासहित मनोनयनस्थलमा पुगेर उनले महानगरको मेयरमा उम्मेदवारी दिएका हुन् । भरतपुर महानगरपालिका–७ कृष्णपुरका पौडेल नेपाली कांग्रेसका राष्ट्रिय सभाका पूर्वसांसद समेत हुन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय