Google search engine

काठमाडौंमा मेलम्चीको पानी आजबाट पुनः वितरण गर्न सुरु

११ बैशाख २०७९
काठमाडौं ।
काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आजदेखि फेरि सुरु भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गरे । मुहान क्षेत्रमा गएको पहिरो र वाढीवाट क्षतिग्रस्त बनेको सुरुङको हेडबक्सको निर्माण पछि आयोजनाले पुनः पानी वितरणको तयारी थालेको हो ।

सुरुङ्ग मार्ग हुदै ल्याइएको पानी सुन्दरीजलमा रहेको प्रसोधन केन्द्रवाट वितरण गर्ने तयारी आयोजनाले गरेको छ ।

आयोजनाले बनाएको वितरण प्रणालीको पाइपलाइन परीक्षणको काम बाँकी रहेकोले आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै पानी वितरण गरिने भएको हो । बिच्छाइएको १ हजार १० किलोमिटर पाइपमध्ये आधा भन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ ।

गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो ।

वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय