Google search engine

काभ्रेमा एमालेले टुंग्यायो उम्मेदवार

११ बैशाख २०७९
काभ्रे ।

यही बैशाख ३० गते हुने पालिका निर्वाचनका लागि काभ्रेका १३ वटै स्थानीय तहमा नेकपा एमालले उम्मेदवार टुंग्याएको छ । जिल्लाको १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा एमालले उम्मेदवारको टुंगो लगाएको हो ।

नेकपा एमालेले बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवार, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए ।

यस्तै भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine