११ बैशाख २०७९
भक्तपुर ।
सूर्यविनायक नगरपालिकाको मेयर पदका लागि फेरी पनि बासुदेव थापाले लविङ सुरु गरेपछि भक्तपुर एमालेमा विद्रोह सुरु भएको छ ।
थापाले पैसाको चलखेल गरी मेयर पदमा फेरी दोहोरिन चलखेल सुरु गरेको भन्दै एमालेजनले असन्तुष्टि जनाएका हुन ।
चन्दा आतंक, सडक आयोजना लगायतका विभिन्न शिर्षकमा आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएका थापा अहिले पनि पैसाकै भरमा टिकट हत्याउन लागि परेको त्यहाँका स्थानीयको आरोप छ । थापाले फेरी पनि पैसा र पावरको भरमा टिकट पाउने देखिएपछि पार्टी संगठनसँग असन्तुष्ट एमालेजन कांग्रेस प्रवेश गर्ने तयारी छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयर जितेका थापालाई विभिन्न आर्थिक चलखेलको आरोप लाग्दै आएको छ । महेश वस्नेतसँग निकट रहेका उनी अहिले मेयर पदका लागि दौडधुपमा छन् ।