कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने
८ बैशाख २०७९
काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो २ बजे बस्ने भएको छ ।
ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बैठक बस्ने जनाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । बैठकमा स्थानीय तह निर्वाचन र उम्मेदवारी सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।