८ वैशाख २०७९
काठमाडौं ।
निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो ।
सदरमुकाम बाहेकका ठाउँमा गउँपालिका तथा नगरपालिकाको कार्यालय नजिकै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
पौडेलका अनुसार निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि उम्मेदवारको मनोनयनदेखि निर्वाचित भएको घोषणा समेत त्यही कार्यालयले गर्नेछ ।
काठमाडौंमा राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।