Google search engine

अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो

८ बैशाख २०७९
काठमाडौं ।
ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो । भारतीय नागरिक राजकुमार महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि भारतकै नागरिक वृजकुमार महतोको घटनास्थलमै ज्यान गएको थियो ।

विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । घटनामा ६ जना घाइते भएका थिए।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय