०७ बैशाख २०७९
काभ्रे ।
काभ्रेको महाभारत गाउँपालिकामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ ।
गएराति परेको चट्याङ्ग लागेर महाभारत गाउँपालिका वडा नं ७ को बनखु केराघारीकी १५ बर्षकी कान्छीमाया मोक्तानको मृत्यु भएको हो ।
मंगलबार साँझ ५ः४५ बजे परेको चटयाङ लागि बालिकाको मृत्यु भएको देवीटार प्रहरी चौकीका प्रहरी नायब निरीक्षक प्रणामी देवन रामले जानकारी दिए ।
चट्याङ्ग लागेर मृतककी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान घाईते भएका छन् । चट्याङ्गकै कारण एउटा भैसी पनि घाईते छ ।