Google search engine

भकुन्डेबाट १० जुवाडे पक्राउ

५ बैशाख २०७९
काभ्रे ।
काभ्रेको भकुण्डेबाट १० जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय मंगलटारको संयुक्त टोलीले नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित भकुण्डेबाट उनीहरुलाई पक्राउ गरेको हो । भकुण्डे स्थित विजय खड्गीको घरमा अवैध रुपमा जुवा तास खेली रहेको अवस्थामा शनिबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रेम बहादुर बि.क, नमोबुद्ध नगरपालिका वडा नं ५ का ४० वर्षीय इन्द्र लाल श्रेष्ठ, नमोबुद्ध नगरपालिका वडा नं ७ का ४५ वर्षीय ङेमा तामाङ, ३७ वर्षीय नारायण खनाल, २९ वर्षीय रोहित खनाल र २८ वर्षीय सुमन कुईकेल, नमोबुद्ध नगरपालिका वडा नं ३ का ४२ वर्षीय गणेश तिवारी, धुलिखेल नगरपालिका वडा नं ११ का ५५ वर्षीय लक्ष्मण प्रसाद थपलिया, धुलिखेल नगरपालिका वडा नं ६ का ५२ वर्षीय पशुपतिनाथ श्रेष्ठ र ४० वर्षीय विकाश खड्का रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले एक लाख १८ हजार रुपैँया र तास नखोलेको ३ बुक र खोलेको २० बुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनीहरुलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान प्रहरीले जनाएको छ ।

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय