Google search engine

वडा अध्यक्षको मिलेमतोमा जथाभावी अबैध माटो उत्खनन्

३ बैशाख २०७९
बनेपा ।
कुनै राष्ट्रिय गौरवका आयोजना भए त्यहाँ काम गर्दा स्थानीय प्रशासको अनुमती लिनुपर्छ । तर काभ्रेको बनेपा नगरपालिका वडा १४ का अध्यक्ष गौरी राउतले आफ्नु पहुँचका आधारमा मोटो रकम लिएर जथाभावी माटो उत्खनन् गरेको ओसारपसार गरिरहेका स्थानीयको आरोप छ ।

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष गौरी राउत र उनका सहोदर भाइ सुतजि राउत,शुदर्शन राउत र मधुकर राउतको चार दाजुभाइको मिलेमतोमा हाल भारतमा नोकरि गरि वस्ने श्याम खड्काको स्वीकृत विना उनको बारीको माटो विक्रि गरि तहस नहस बनाईदिएका छन् ।

स्थानीयले अबैध उत्खखन् गर्नेलाई कावार्ही गनुपरो भनेर सम्बन्धित निकाय र वडा अध्यक्षलाई धेरैपटक फोन गर्दा पनि सबैबाट हुन्छ भन्ने मात्रै भयो । कुनै कावार्ही भएन ।’ अबैध उत्खन्न,बाढीपहिरो र भुक्षयको बिरोध गर्दा आफूहरु असुरक्षित भएको स्थानीयको भनाई छ । बिरोध गरेमा जेपनि हुन सक्ने भन्दै वडा अध्यक्षले धम्की दिने गरेको बताए ।

अबैध माटो उत्खनन् हुँदा समेत नियमन निकाय भने आँखामा पट्टी बाँधेर बसेका छन् । वडा अध्यक्ष र ठेकेदारको प्रभावमा परेर हालसम्म कुनैपनि निकायले अनुगमन गरेका छैनन् । अनुमगन गरे अबैध ठहर्ने र उत्खनन् नै बन्द गरी अध्यक्षलाई कार्वाही गर्नुपर्ने भएकाले नियमन निकायले अनुगन नै नगरेको स्थानीयको भनाई छ ।

वडा अध्यक्षले आफ्नो बारिको माटो बिक्री गर्दा सिमानामा जोडिएको अरूको जग्गाहरुमा हानी नोक्सानी नहुने गरि काम गर्नुपर्ने हो । तर सिमानामा जोडिएको श्याम खड्काको १ रोपनी भन्दाबढीको जग्गा पहिरो जाने गरि जथाभावी माटो उत्खनन गरेकोले पिडित श्याम खड्काले वडामा निवेदन दर्ता गर्न जादा वडाले निवेदन दर्ता गर्न नमानेको जग्गा धनिले गुनासो गरेको अवस्था र जग्गाको प्रकुती हेर्दा जो कोहीले पनि जिब्रो टोक्ने गरेको प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

आफ्नु जग्गा बिग्रे पहिरो गएकाले यसको क्षतिपूर्तिको माग दाबी गर्न कहाँ जाने कसलाई भन्ने अन्योलमा परेका पिडित जग्गा धनी श्यामले बताएका छन् । कानुनी उपचारको लागि सबैलाई हार/गुहार गरिरहेको पनि बुझियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय