Google search engine

डब्लुएचओका महानिर्देशक टेड्रोस नेपाल आउँदै

२ वैशाख २०७९
काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्। स्वास्थ्य सचिव रोशन पोखरेलले गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्ने जानकारी दिए ।

महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि आउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा उनले स्वास्थ्य क्षेत्रका उच्च अधिकारीसँग भेटघाट गर्नेछन् । कोभिडले नेपालमा पारेको प्रभाव र नियन्त्रण गर्न खेलेको भूमिकाको बारेमा जानकारी गराउने कार्यक्रम रहेको पोख्रेलले जानकारी दिए । उनकाअनुसार टेड्रोस तीन दिनसम्म रहने छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय