Google search engine

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त, कार्यकाल २१ दिनको मात्र

३० चैत्र २०७८
काठमाडौं ।

सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेकोछ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए ।

केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ । उनले ०७९ वैशाख १८ मा अवकाशमा पाँउदैछन् । उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ चयन गर्नुपर्ने हुन्छ ।

महानिरीक्षक खनालले विदा लिएसँगै केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय