Google search engine

एआइजी बढुवाविरुद्धको रिट स्थगित

२८ चैत्र २०७८
काठमाडौं ।
नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट सोमबार स्थगित भएको छ ।

अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेशी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेशी स्थगित गराएको हो ।

गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको थियो ।

डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गर्नुभएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्नुहुँदै न्यायाधीश चुडालले गत मङ्गलबार अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए । यद्यपि, आज दुवै पक्षलाई छलफलमा बोलाइए पनि सर्वोच्चले उक्त पेशी स्थगित गरेको छ ।

एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की चैत १७ गते र घनश्याम अर्याल र प्रकाशजंग कार्कीले चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine