Google search engine

पाकिस्तानका २३ औँ प्रधानमन्त्री बने शहबाज शरीफ

२८ चैत्र २०७८
काठमाडौं ।

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता एवम् पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

सोमवार नेशनल असेम्बलीमा भएको विश्वासको मत प्रस्तावमा उनले एक सय ७४ मत प्राप्त गरे । उनको विपक्षमा कुनै पनि मत परेन । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार थिए ।

इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

प्रधानमन्त्री चुनिएका शहबाज शरीफले सोमबार राति ८ बजे शपथ लिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि आइतबार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वास प्रस्ताव बहुमतले पारित भएको थियो । प्रधानमन्त्रीको पदबाट हट्नेबित्तिकै उनले आन्दोलन गर्ने चेतावनी दिएका थिए । अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएको उनको दाबी थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय