२८ चैत्र २०७८
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार एक सय ४४ जनाको नमुना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी यही अवधिमा ४६ जना सङ्क्रमितले कोरोनालाई जितेका छन् । पछिल्लो २४ घण्टामा मृत्यु शून्य छ । हाल देशभर सक्रिय सङ्क्रमित सङ्ख्या ५६८ जना रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १५ हजार तीन सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।