Google search engine

शेयर बजारको ओरालो यात्रा कायमै

२८ चैत्र २०७८
काठमाडौं ।
साताको पहिलो कारोबार खुलेको दिन सोमबार नेप्से घटेको छ । निरन्तर घट्दै आइरहेको शेयर बजारको ओरालो यात्रा कायमै रहेको हो । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलब ५६ अङ्कले घटेर दुई हजार चार सय १९ दशमलव ८ विन्दुमा झरेको छ ।

सोमबार सबै समूहको शेयर घटेको छ । विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, उत्पानद, होटल तथा पर्यटन, अन्य, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको हो ।

आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार ८ सय ३४ कित्ता शेयर दुई अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा कारोबार भएको छ । यस दिन नेस्डो र जालपा लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय