Google search engine

घट्दै कोरोना संक्रमण, ४ हजार भन्दा बढीको परिक्षणमा १३ जना कोरोना

२६ चैत्र २०७८
पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, १६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना रहेका छन् । २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय