Google search engine

पाकिस्तानको संसद् विघटन, इमरान खानको प्रस्ताव राष्ट्रपतिद्वारा स्वीकृत

२० चैत्र २०७८
काठमाडौं ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको प्रस्तावमा संसद् विघटनलाई अनुमोदन गरेका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको संविधानको धारा ५८(१) अन्तर्गत संसद् भंग गर्ने सिफारिसलाई स्वीकार गरेका हुन् ।

संसद् विघटनसँगै उनले आउँदो ९० दिनभित्र चुनाव गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार देशलाई सम्बोधन गर्दै आफूले राष्ट्रपति आरिफ अल्वीलाई संसद् भंग गर्न सिफारिस गरेको र जनताले अब चुनावको तयारी गर्नुपर्ने बताएका थिए । राष्ट्रियसभामा आफूविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका थिए ।

आइतबार उक्त प्रस्तावमा मतदान हुनुअघि संसद्का उपसभामुख कासिम सुरीले यसलाई असंवैधानिक भन्दै खारेज गरेका थिए । उनले अविश्वासको प्रस्तावलाई संविधानको धारा ५ को उल्लङ्घन भएको जिकिर गरेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय