Google search engine

देउवाद्वारा वाराणसीमा नेपालले बनाउन लागेको वृद्धाश्रम शिलान्यास

रासस
२० चैत्र २०७८
वाराणसी ।
भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ। यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ। नेपालबाट तीर्थयात्रामा त्यहाँ जानेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्।

भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ। यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आइतबार दिवाभोजको आयोजना गरे । त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

प्रधानमन्त्री देउवा आजै साँझ नयाँदिल्लीबाट स्वदेश फर्किने कार्यक्रम छ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय