Google search engine

शेयर बजारमा पहिरो, कारोबार रकम डेढ अर्ब रुपैयाँ पनि पुगेन

२० चैत्र २०७८
काठमाडौं ।
हप्ताको पहिलो दिन आज आइतवार शेयर बजारमा पहिरो गएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २४ वटा कम्पनीका ३२ लाख ५३ हजार कित्ता शेयर एक अर्ब ४६ करोड सात लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्य लाइफ इन्सुरेन्सको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै युनाइटेड मर्दी जलविद्युत् र सूर्य लाइफ इन्सुरेन्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान, नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय