Google search engine

प्रधानमन्त्री देउवा दिल्लीमा, भोलि नरेन्द्र मोदीसँग भेट्ने

१८ चैत्र २०७८

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा आज दिउँसो नयाँ दिल्ली पुगेका छन् ।

उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, भारतको बाह्य मामिला मन्त्रालय र दिल्लीमा रहेको नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गरेका थिए ।

आजै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने उनी भारतीय जनता पार्टी (भाजपा) को प्रधान कार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचार विमर्श गर्नेछन् ।

भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माका अनुसार आज बेलुकी नै नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय