Google search engine

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

१० चैत्र २०७८
तनहुँ ।
नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा हिरासतमा रहेक नायक पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत तनहँका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले आज विहिबारको थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको बताए ।

शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो ।

अर्का प्रतिवादी कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट सात जना कानुन व्यवसायीले बहस गरेका थिए ।

पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।

 

 

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine